काठमाडौं । रास्वपा परित्याग गरेकी सुमना श्रेष्ठ उज्यालो नेपाल पार्टीको घोषणा सभामा देखिएकी छन् । उज्यालो पार्टीले आयोजना गरेको घोषणा सभालाई सम्बोधन गर्दै उनले नयाँ वैकल्पिक शक्ति अहिलेको आवश्यकता रहेको बताइन् ।
उनले सभालाई सम्बोधन गर्दै भनिन्, “दुई दिनमा युवा पुस्ताले जे गरी देखाए त्यो हामी सबैले कल्पना गर्न सक्दैनौँ । भदौ २३ र २४ गतेको मूल मुद्दालाई अंगिकार गर्नुहोला ।”
राजनीतिक पार्टी नागरिकको पार्टी बनोस् भन्दै उनले जहिले पनि एकताको पक्षमा उभिने बताइन् ।



































