काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँले बढेको हो ।
यससँगै बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख ५० हजार २०० रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला २ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य तोला १ सय ७५ रुपैयाँले बढेको छ । यससँगै बुधबार प्रतितोला ३ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य तोलामा ३ हजार ३ सय ४५ रुपैयाँ कायम भएको छ ।





































