काठमाडौं । जेनजीका नाममा कर्मचारीलाई थर्काउने अर्जुन शाही पक्राउ परेका छन्।
अछामको पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय शाहीविरुद्ध प्रहरीका विभिन्न कार्यालयमा यसअघि पनि उजुरी परेको अभिलेखमा भेटिएको छ।
यसअघिका उजुरीहरु पनि रहेको र पछिल्लो समय पनि विभिन्न गैरकानुनी गतिविधि गरेको पाइएपछि पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।





































