आईएमएफद्वारा विस्तारित ऋण सुविधा स्वीकृत, नेपालले तत्काल करिब ६ अर्ब रुपैयाँ पाउने

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोषले दिएको विस्तारित कर्जा सुविधा अन्तर्गतको छैटौं किस्ता स्वीकृत गरेको छ । समीक्षा सकाएको ३ महिनापछि बल्लमात्र आईएमएफको कार्यकारी बोर्डले सवा ४ करोड अमेरिकी डलर बराबरको किस्ता रिजिल गरेको हो ।

आईएमएफको कार्यकारी बोर्डले छैटौं समीक्षा सम्पन्न गरेको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिए । खासगरी प्रतिबद्धता अनुरुप देशका ठूला वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यु नगरेका कारण आईएमएफले समीक्षा पारित गरेको थिएन । नेपाल राष्ट्र बैंकले लोन पोर्टफोलियो रिभ्यु नगरेसम्म किस्ता रिलिज नगर्ने सर्त आईएमएफले राखेको थियो । यसबीचमा राष्ट्र बैंकले एलपीआरका लागि बैंकहरु नै छनोट गरिसकेको छ । सँगै अर्थमन्त्री नियुक्त भएपछि खनालले पनि समीक्षा सक्न आईएमएफसँग पहल गरेका थिए ।

आईएमएफको मिसन गत जेठमा २ साता नेपाल बसेर फर्किएको थियो । सो क्रममा मिसनले तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका गभर्नर प्रा।डा। विश्वनाथ पौडेललगायतसँग छलफल गरेको थियो । जेठमा टोली फर्किएलगत्तै जुन १० मा स्टाफ लेभल एग्रिमेन्ट भएको थियो । त्यसको करिब ४ महिना पछि किस्ता रिलिज भएको हो ।

विस्तारित कर्जा सुविधा ९ईसीएफ० लिन नेपाल सरकारले गरेको सम्झौताअनुसार छैटौं चरणको मूल्यांकन गर्न आएको अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० को टोली गत मे २६ देखि जुन १० सम्म नेपाल बसेको थियो ।

गत चैत २ गते पाँचौं किस्ता प्रदान गरेको आईएमएफले ईसीएफ सम्झौता कार्यान्वयन र पाँचौं किस्ता दिँदा गरेको प्रतिबद्धताबारे प्रगतिको स्थिति अध्ययन गर्न टोली नेपाल आएको थियो । छैठौं समीक्षामा टोलीले ईसीएफ सम्झौता गर्दा प्रविद्धता गरेका संरचनागत सुधार लगायतका विषयमा छलफल गरेको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित