मुग्लिन–नारायणगढ सडकखण्डमा ठूलो पहिरो, अनिश्चितकालका लागि आवागमन पूर्णरूपमा बन्द

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला पुलनजिकै फेरि ठूलो पहिरो खसेको छ । मंगलबार साँझ ठूलो पहिरो खसेका कारण उक्त सडकबाट हुने आवागमन अनिश्चित कालका लागि पूर्ण रूपमा बन्द हुन पुगेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

सडक तत्काल खुल्न सक्ने सम्भावना नरहेकोले वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले अनुरोध गरेको छ ।

‘नारायणगढ– मुग्लिङ सडक खण्डमा आज गएको ठूलो पहिरोका कारण उक्त सडकबाट हुने आवागमन पूर्ण रुपमा बन्द हुन पुगेको छ । सडक तत्काल खुल्न सक्ने सम्भावना नदेखिएकोले उक्त सडक प्रयोग गर्ने सवारीधनी, सवारीसँग सम्बन्धित संघसंस्थाहरू तथा यात्रु महानुभावहरूलाई सम्बन्धित जिल्लाका स्थानीय प्रशासनसँग समन्वय गरी उपयुक्त वैकल्पिक मार्ग प्रयोग गर्नुहुन अनुरोध छ,’ जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको सूचनामा भनिएको छ ।

550920414 1372165281583573 7042139829815698680 n 1758634796 https://newskhari.com/storage/2025/09/tuwoin-khola-1758332427.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित