आज मन्त्रिपरिषद् विस्तारको तयारी, यी बन्दैछन् मन्त्री !

काठमाडौं । अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् ।

शुक्रबार राति प्रधानमन्त्रीको शपथ लिएकी कार्कीले आवश्यक छलफलपछि आइतबार सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् ।

यसअघि जेनजी पुस्ताको भोटिङबाटै कार्कीलाई प्रधानमन्त्री बनाउने निर्णय भएको थियो । प्रधानमन्त्री जस्तै मन्त्री चयन पनि भोटिङकै आधारमा गर्ने तयारीमा जेन्जीहरू छन् । मन्त्रीको लागि कुलमान घिसिङ र ओमप्रकाश अर्यालको नाम चर्चामा छ ।

राजनीतिक दलभन्दा बाहिरैबाट मन्त्री चयन गर्ने तयारी उनीहरूको छ ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले आइतबार सानो आकारको मन्त्रिपरिषद् बनाउने जस्तो जानकारी आफूहरूले पाएको बताए ।

राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलमा अन्य राजनीतिक दलहरूले पनि जेनजी पुस्ताको मागअनुसार, चुनावी सरकारको गठनमा सहमति दिएका थिए ।

त्यसपछि शुक्रबार राति राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । शुक्रबार नै कार्कीले पद तथा गोपनीयताको शपथग्रहण गरेकी थिइन् । शपथपछि कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन गरेका थिए ।

आगामी फागुन २१ गते प्रतिनिधिसभाको चुनाव गराउने शर्तमा कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाइएको हो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित