बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमणको प्रयास

बडिगाड । बाागलुङको बडिगाड गाउँपालिकामा स्थानीय समूहले प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमणको प्रयास गरेका छन् । बडिगाड खोलाको बालुवा उत्खनन गर्दा पालिकाका कर्मचारी र जनप्रतिनिधि मिलेको आरोप लगाउँदै स्थानीय समूहले आक्रमणको प्रयास गरेको हुन् ।

सहभागी एकजनाले भने -‘अहिले हामी प्रमुख प्रशासकीयको कोठामा आइपुगेका छौँ, उहाँ यहाँबाट भाग्नुभएको छ हामीले उहाँलाई खोजिरहेका छौं ।’

सहभागीका अनुसार  प्रमुख प्रशासकीय अधिकृत मुक्ति पौडेलको खोजि भइरहेको बताइएको छ ।

बडिगाड गाउँपालिका वडा नम्बर ५ जोगिबगर नजिकै रातिमा बालुवा उत्खनन् गरिरहेको अवस्थामा स्थानीयले डोजर र ट्याक्टरसहित प्रहरीलाई बुझाएका थिए । तर, गाउँपालिका जनप्रतिनिधि र कर्मचारीको मिलिमतोमा उन्मुक्ति दिएको स्थानीयको आरोप छ । अहिले बडिगाड गाउँपालिकामा नेपाली सेना आइपुगेको बताइएको छ ।

अवैध बालुवा उत्खनन् गरेकालाई उन्मुक्ति दिएको आरोप लगाउँदै प्रमुख प्रशासकीय अधिकृत र जनप्रनिधिलाई कारबाही गर्नुपर्ने मागसहित स्थानीय आक्रोशित भएका हुन् ।

भिडियाे पनि हेर्नुहाेस्

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित