काठमाडौंका यी क्षेत्रमा कर्फ्यु आदेश जारी

काठमाडौं । काठमाडौंमा पनि आज बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले मंगलबार बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्म काठमाडौँ महानगरको चक्रपथ क्षेत्रभित्र चार किल्ला तोकेर कर्फ्यु आदेश जारी गरेका हुन्।

स्थानीय प्रशासन ऐन-२०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरिएको सूचनामा उल्लेख छ।

कर्फ्यु अवधिभरि आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउन जस्ता क्रियाकलाप गर्न नपाइने सूचनामा उल्लेख छ।

यी हुन कर्फ्यु आदेश जारी भएका क्षेत्र

काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोंगबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमती नदी पुलसम्मको क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु लगाइएको छ।

उल्लेखित क्षेत्रमा कर्फ्यु आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, दमकल, शव वहान, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मीहरू, पर्यटकका सवारी साधन, मानवअधिकार तथा कुटनीतिक नियोगका सवारी साधन र हवाई टिकटको आधारमा हवाई यात्रुहरूको लागि भने आवागमनको लागि सुरक्षाकर्मीबाट सहजीकरण हुने सूचनामा उल्लेख छ।

Ktm kbCen3y0OO https://newskhari.com/storage/2023/11/905x525-office_premise1.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित