‘जेनजी’ प्रदर्शन : राष्ट्रिय ट्रमा सेन्टरमा ७ जनाको मृत्यु, ४ जनाको सनाखद

काठमाडौं । जेनजी पुस्ताका युवाहरूले सोमबार गरेको प्रदर्शनमा गोली लागेर घाइते भएका ७ जनाको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको छ ।

ट्रमामा उपचार गराइरहेका सात जनाको मृत्यु भएको प्रहरीका एक जना उच्च अधिकृतले जानकारी दिए ।

उनीहरूमध्ये ४ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा कालिकोट खाडाचक्र नगरपालिका–१ घर भएका २५ वर्षीय पवन शाही, बाँके घर भएका २५ वर्षीय सुलभ राज श्रेष्ठ, करिब १९ वर्षीय सिमाय चौलागाईं र कीर्तिपुर नगरपालिका–२ घर भएका ४१ वर्षीय बुद्धिबहादुर तामाङ छन् ।

श्रेष्ठ र चौलागाईंको टाउकोमा गोली लागेको छ । पवन शाहीको पेटमा गोली लागेको ट्रमा सेन्टरका एक जना चिकित्सकले बताए ।

सुनसरी घर भएका करिब २९ वर्षीय पुरुषको सनाखत भएको छैन । त्यस्तै दुई जना पुरुषको सनाखत हुन सकेको छैन । प्रहरी स्रोतका अनुसार मृतकको सङ्ख्या १३ जन पुगेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित