नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम सुनुवाइका लागि तोकियो पेसी

काठमाडौं। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्धा चलाएका राजनीतिक र प्रशासनिक उच्च ओहोदाका पदाधिकारी संलग्न नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ आजदेखि सुरु हुँदै छ।

२०८० जेठ १० मा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा कांग्रेस नेता एवं तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, एमाले नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत ३० जना प्रतिवादीमाथि ठगी, किर्ते, संगठित अपराध र राज्यविरुद्धको अपराधको कसुरमा मुद्दा दायर गरेको थियो।

जिल्ला अदालत काठमाडौंमा २ वर्षदेखि विचाराधीन मुद्दा सुनुवाइका लागि आज पेसी तोकिएको हो। यसअघि यो प्रकरणको मुद्दा साक्षी बुझ्ने र बकपत्र गराउने काम सकिएपछि साप्ताहिक पेसी सूचीमा राखिएको छ।

जिल्ला अदालत काठमाडौंका तत्कालीन न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पक्राउ परेकालाई ‘तत्काल प्राप्त प्रमाणका आधारमा कसुरदार’ देखाउँदै थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो। तर, यसमध्ये कांग्रेस नेता खाणलगायत उच्च अदालत पुगेर धरौटी र तारेखमा छुटेका छन्। रायमाझीलगायतका अभियुक्त जिल्ला र उच्चकै फैसला सदर भएर कारागारमा छन्।

पछिल्लो समय प्राथमिकताबाहिर रहेको यो मुद्दा वैशाखयता १० पटक साप्ताहिक र १६ पटक पूरक पेसी चढे पनि सुनुवाइ भएको थिएन। २०८१ मा वैशाख ९ मा प्रतिवादी बनाइएका केशव दुलालसहित ५ जना र २०८१ साउन ४ मा अर्का संदिग्ध बेचन झाविरुद्ध पूरक अभियोगपत्र दायर भएको थियो । यो मुद्दामा २०८२ वैशाखयता साढे चार महिनामा २६ पटक पेसी चढेको थियो।

अदालतमा पूर्वउपप्रधानमन्त्री रायमाझी, रायमाझीका छोरा सन्दीप, पूर्वगृहमन्त्री खाण, हज कमिटीका तत्कालीन अध्यक्ष शमशेर मियाँ, तत्कालीन गृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन संविधानसभा सदस्य आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतीक थापा, तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई र राईका छोरा निरज राईलगायतविरुद्धको मुद्दा अदालतमा विचाराधीन छ।

मुद्दा दायर हुँदा पक्राउ परेका १८ मध्ये २ जनालाई धरौटी र अरू १६ जनालाई थुनामा पठाएर मुद्दाको पुर्पक्ष गरिएको थियो। १२ जना फरार थिए। पछि केही व्यक्ति पक्राउ परे पनि अझै केही अभियुक्त फरार अवस्थामै रहेको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले बताए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित