आशिका तामाङसहित दुई जना दोषी ठहर

काठमाडौं । भक्तपुर जिल्ला अदालतले आशिका तामाङसहित २ जनालाई दोषी ठहर गर्दै कैद सजाय तोकेको छ।

न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले तामाङ र शरण तिरुवालाई आपराधिक उपद्रवको मुद्दामा दोषी ठहर गर्दै ५ दिनको कैद सजाय सुनाएको अदालतकी सूचना अधिकारी हिराकुमारी भण्डारीले जानकारी दिइन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित साँगामा बनाएको झोलुङ्गे पुल वारपार गर्न शुल्क लिएको विषयमा तामाङले बोर्ड च्यात्ने, शुल्क उठाउन बसेका कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप थियो।

उनीविरुद्ध नगरपालिकाले आपराधिक उपद्रव कसुर गरेको भन्दै जाहेरी दिएको थियो।

उनीहरूविरुद्ध ५ सय रुपैयाँ जरिवाना र ८ हजार ३ सय रुपैयाँ क्षतिपुर्ति तथा पीडित राहत कोषमा जनही २ सय रुपैयाँ भराउन अदालतले आदेश दिएको छ।

अदालतले कैदसहितको सजाय सुनाए पनि आशिकाले भने आफ्नो फेसबुकमा आफूलाई भक्तपुर अदालतले सफाइ दिएको लेखेकी छन्।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित