अब फोन गरेरै बाढीसम्बन्धी पूर्वसूचना दिइने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बाढीसम्बन्धी पूर्वसूचनालाई थप प्रभावकारी बनाउनका सर्वसाधारणलाई फोन गरेरै जानकारी दिने भएको छ । विभागले यसका लागि ‘भ्वाइस कल’ सेवा सुरु गर्ने तयारी गरेको हो ।

बाढी आउने खतरा देखिएमा एसएमएसमार्फत सन्देश प्रवाह गर्दै आएको विभागले अबदेखि भने ‘भ्वाइस कल’मार्फत पनि पूर्वसूचना सम्प्रेषण गर्ने तयारी थालेको हो ।

विभागका बाढीविद् विनोद पराजुलीले नेपाल टेलिकमसँगको सहकार्यमा विभागले यही सातादेखि परीक्षणका रूपमा ‘भ्वाइस कल’मार्फत सूचना प्रवाह गर्ने तयारी गरिरहेको जानकारी दिए । “मोबाइल एसएमएस सबै लक्षित वर्गमा पठाएर बाढीबाट हुने धनजनको क्षति न्यूनीकरण प्रयास गर्दै आएका थियौँ । तर सबै जनताले एसएमएस आएको थाहा नपाउन सक्छन् वा सबैले एसएमएस पढ्न सक्दैनन्,” उनले भने,“त्यसैले फोन नै गरेर सन्देश प्रवाह गर्ने तयारी गरेका हौँ ।

एकैपटक धेरैलाई ‘भ्वाइस कल’ गर्दा सेवा अवरुद्ध कति हुन्छ ? भन्ने विषयमा थप परीक्षण गर्दैछौँ । यही साता परीक्षण गर्ने तयारीका साथ छलफल भइरहेको छ ।”

पराजुलीका अनुसार बाढीसम्बन्धी पूर्वसूचना उपलब्ध गराएपछि बाढीबाट हुने धनजनको क्षति न्यूनीकरण हुन थालेको छ । पूर्वसूचनालाई थप प्रभावकारी बनाउन पूर्वतयारी तथा पूर्वसूचनामा थप लगानी आवश्यक पर्ने उनको भनाइ छ ।

“पछिल्लो समय पूर्वसूचनाका कारण धनजनको क्षति न्यून भएको छ । पहिला–पहिला तराईमा बाढीका कारण बढी क्षति पुग्थ्यो । पूर्वसूचना प्रणाली पनि तराईका नदीमा जडान भएका छन्,” पराजुलीले भने, “तर पहाड र हिमाली क्षेत्रमा पूर्वसूचना प्रणाली कम छन् । बाढीका घटना पहाड र हिमालमा पनि हुन थालेकाले अब ती क्षेत्रमा पनि पूर्वसूचना प्रणाली जडान गर्न आवश्यक छ ।”

जलवायु तथा विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले पनि जलवायु परिवर्तनको असरका कारण बाढीको घटना अब तराई केन्द्रित मात्र नभइ हिमाल तथा पहाडी क्षेत्रमा बढ्दै गएको भन्दै सोअनुसार अनुकूलनका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताए ।

“बाढीबाट हुने धनजनको क्षति न्यूनीकरण गर्न पूर्वसूचनाको पहुँच अब सबै क्षेत्रमा हुनुपर्छ”, उनले भने । उप्रेतीका अनुसार जलवायु परिवर्तनका कारण हिमताल फुट्ने जोखिम बढिरहेको छ र जसका कारण एक्कासि बाढी आउँदा धनजनको क्षति हुन थालेको छ । “जोखिममा रहेका हिमताल क्षेत्रमा पूर्वसूचना प्रणाली जडान गर्न सकेमा सम्भावित क्षति न्यूनीकरण हुनसक्छ । एसएमएस मात्र नभइ ‘भ्वाइस कल’ ले अझ प्रभावकारी बनाउन सक्छ,” उनले भने ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित