विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा गलकोटमा ६ घाइते

ढोरपाटन । बागलुङमा विद्यार्थी बोकेको भ्यान दुर्घटना हुँदा छ जना घाइते भएका छन् । जिल्लाको गलकोट नगरपालिका–५ स्थित शिवालय मन्दिर नजिकै आज बिहाने गलकोट बहुमुखी क्याम्पसको भ्यान दुर्घटना भएको हो ।

हरिचौरबाट हटिया जाँदै गरेको क्याम्पसको ग१झ ७४३ नं को भ्यान दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ ।

दुर्घटनामा १८ वर्षीया सुस्मिता विक, १८ वर्षीया प्रमिला विक, २५ वर्षीय मोहोन सिंह सुनार, १९ वर्षीय जीवन खत्री, १९ वर्षीया अमिसा क्षेत्री र १८ वर्षीया सुनिता सापकोटा घाइते भएकी इलाका प्रहरी कार्यालय गलकोटका प्रहरी सहायक निरीक्षक मनबहादुर कार्कीले जानकारी दिए ।

घाइतेहरूको गलकोट नगर अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरी निरीक्षक कार्कीले बताए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित