काठमाडौं । सरकारले आगामी दसैंबाट सञ्चालनको तयारीमा रहेको नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर निर्धारण गरेको छ।
यही साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर निर्धारण गरेको हो। नागढुङ्गा सुरुङमार्ग हुँदै गुड्ने कार । भ्यानहरूको काठमाडौँ आउँदा ६५ र जाँदा ६० रुपैयाँ शुल्क तर्नुपर्ने छ।
त्यसैगरि मिनी बस । ट्रकले काठमाडौँ आउँदा ११५ र जाँदा ८० रुपैयाँ शुल्क तिर्नुपर्ने छ। बस/ट्रकलाई भने काठमाडौं आउँदा २६० र जाँदा २०० सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
भारी उपकरण काठमाडौं आउँदा ६०० र जाँदा २५० शुल्क मन्त्रिपरिषद्ले निर्धारण गरेको छ।




































