रोल्पाको थवाङ गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृतसहित ७ जना कर्मचारी सम्पर्कबिहीन

रोल्पा । रोल्पाको थवाङ गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत हेमराज घर्तीमगरसहित ७ जना कार्यालयबाट हिँडेको तीन दिनसम्म सम्पर्कबिहीन भएका छन् ।

बुधबार साँझ पालिकाले सार्वजनिक सूचना नै प्रकाशन गरेर उनीहरु सम्पर्कमा नरहेको जानकारी दिएको छ । गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढामगरले २३ गते कार्यकक्षमै भेटेर बिदा भएका प्रमुख कार्यकारी अधिकृतसहित ७ जना अहिलेसम्म सम्पर्कमा नरहेकाले बताए ।

‘२३ गते कार्यकक्षमै भेटेर हाकिम सापसँग भुक्तानीको समस्या समाधान गर्ने विषयमा छलफल भएको हो, अरु कुनै विवाद पनि थिएन कतै घटना भएको पनि कतै केही सुनिएको छैन, उहाँका दुवै मोबाइल अफ छन् सँगै गएका सातै जना कर्मचारीको मोबाइल अफ रहेको छ, अरु घरको मान्छे कसैको नम्बर छैन’ उनले भने ।

उनले सार्वजनिक गरेको विज्ञप्तीमा भनिएको छ–‘नेपाल टेलिकमको नेटवर्कमा समस्या भई बेलुकी ७—८ बजे आसपासदेखि बिहान ८ बजेसम्म काम नगर्ने भएकाले मिति २०८२ असार २३ गतेका दिन राति करिब ९ बजे यस कार्यालयका प्रमुख कार्यकारी अधिकृतले मिति २०८२ असार २४ गतेका दिन कार्यालयको भुक्तानी गर्न ओटिपी कोर्डका लागि रुकुम पूर्व कामकाज गर्न जाने भनि कार्यालयबाट निस्केको र हाल प्रमुख प्रशासकीय अधिकृतलगायत आर्थिक प्रशास सवइन्जिनियर, प्रशासन शाखा प्रमुख, खापासटे र सवारी चालकहसहित ७ जना मिति २०८२ असार २४ गते बिहानैदेखि आजको मिति २०८२ असार २५ गतेसम्म कार्यालयको सम्पर्कमा नआएको, खोजि कार्य गर्दा कतै नभेटिएको र कार्यालयको तर्फबाट सम्पर्क गर्दा सबैको मोबाइल अफ रहेकाले कार्यालयको कामकाजमा समस्य हुँदा यथाशीघ्र सम्पर्कमा आइदिनुहुन एवं जानकारी पाउनुहुने महानुभावहरुले यस पालिकामा जानकारी गरिदिनुहुन अनुरोध छ ।’

सम्पर्कबिहीन कर्मचारीहरुमा हेमराज घर्तीमगर, प्रमुख प्रशासकीय अधिकृत, हरिश माझी, सहायक प्रशासन पाँचौं, यज्ञप्रसाद कंडेल, सहलेखापाल, चन्द्रप्रकाश ओली सवइन्जिनियर, निशा आचार्य सवइन्जिनिवर, शिवकुमार वली, खापासटे, प्रदिप केसी सवारी चालक रहेको जारी विज्ञप्तीमा जनाइएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित