कर्णाली विकास बैंक घोटाला प्रकरणमा एमाले केन्द्रीय सदस्य पक्राउ

काठमाडौं । कर्णाली विकास बैंक घोटाला आरोपमा तत्कालीन अध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन्।

मिश्रलाई बुधबार प्रहरीले बाँकेको नेपालगञ्जबाट बुधबार पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता एसपी युवराज खड्काले जानकारी दिए।

मिश्र नेकपा (एमाले)का केन्द्रीय सदस्य पनि हुन्। मिश्र २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार भई पराजित भएका थिए। मिश्र २०६६ सालदेखि २०७५ सालसम्म कर्णाली विकास बैंकको अध्यक्ष थिए।

कर्णाली विकास बैंकमा २ अर्ब ५० करोड भन्दा बढी रकम हिनामिना भएको सिआइबीको निष्कर्ष छ।

सोही प्रकरणमा प्रहरीले यसअघि कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सञ्चालक ६५ वर्षीय राजेन्द्रवीर रायलाई पक्राउ गरेको थियो। उनी उक्त बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृतसमेत थिए। उनलाई सिआइबीको टोलीले रूपन्देही सिद्धार्थनगर नगरपालिका १ बेलहियाबाट गत जेठमा पक्राउ गरेको थियो। मिश्र भने फरार रहँदै आएका थिए। उनीहरूविरूद्ध बैंकिङ कसुर तथा सजाय ऐन, २०६५ अन्तर्गत नेपाल राष्ट्र बैंकको समन्वयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित