भ्रष्टाचार मुद्दा : विशेष अदालतमा निलम्बित सांसद बस्नेतको बयान जारी

काठमाडौं । टेरामक्स खरिद प्रकरणको अर्बौं हिनामिनामा भ्रष्टाचार मुद्दा लागेका पूर्वसञ्चारमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत विशेष अदालतमा हाजिर भएका छन् । उनी विशेष अदालतमा उपस्थित भएको अदालत प्रशासनले जनाएको हो ।

अदालत प्रशासनका अनुसार बस्नेतको अहिले न्यायाधीश तेजनारायणसिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इलसालमा बजान जारी छ । बयान सकिएलगत्तै थुनछेक बहस सुरू हुनेछ ।

दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रणाली खरिद प्रकरणमा बस्नेतसहित १६ जनाविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो दाबीसहित गत जेठ १ मा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झा, धनराज ज्ञवाली, टिकाप्रसाद उप्रेती, सुरेन्द्रलाल हाडा, दिपेश आचार्य, सन्दीप अधिकारी, अच्युतानन्द मिश्र, विजयकुमार राय, पुरुषोत्तमप्रसाद खनाल, रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद वस्ताकोटी, तेजप्रसाद खरेल, दिलिप कुमार गुरूङ्गसहित १६ जना र २ कम्पनीलाई प्रतिवादी बनाइएको छ ।

भ्रष्टाचार मुद्दा दायर भएलत्तै बस्नेत सांसद पदबाट निलम्बित भइसकेका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित