गण्डकी प्रदेश र स्पेनको क्लबबीच मैत्रीपूर्ण फुटबल हुने

पोखरा । पोखरामा गण्डकी प्रदेश र स्पेनको बि डिभिजन क्लवबीच मैत्रीपूर्ण फुटबल हुने भएको छ ।

स्पेनी क्लब काथेरेन्योसँग पुस १३ गते गण्डकीले प्रतिस्पर्धा गर्नेछ । लुम्बिनी गार्डेन फाउण्डेसनको आयोजना र कास्की जिल्ला फुटबल संघको सहकार्यमा प्रतियोगिता हुन लागेको फाउण्डेसनका उपाध्यक्ष गोविन्द सुवेदीले जानकारी दिए ।

उक्त टीममा विश्वकप खेलेका पूर्व खेलाडी मिचेन, मानवेल सहितका खेलाडी सहभागी हुने छन् । स्पेनबाट ५२ जनाको टोली पोखरा आउने छ । गण्डकीको टीमबाट नेपाली फुटवल टिमका पूर्वकप्तान अनिल गुरुङले कप्तानी गर्नेछन् । गण्डकीको टोली अहिले बन्द प्रशिक्षणमा छ ।

केही दिनमा २५ जना खेलाडी छनोट गरी मैत्रीपूर्ण खेलका लागि कम्तिमा एक हप्ता प्रशिक्षण गर्न लागिएको कप्तान गुरुङले जानकारी दिए । सोही टोलीले पुस १४ गते काठमाडौंमा पनि मैत्रीपूर्ण खेल खेल्ने छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित