भारतमा बन्धक बनाइएका ३५ जना नेपालीहरूको उद्धार

काठमाडौं । भारतमा बन्धक बनाइएका ३५ जना नेपालीहरूको उद्धार गरिएको छ।

नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले उत्तराखण्ड प्रहरी र किन इन्डिया नामक सामाजिक संस्थाको सहयोगमा ती नेपालीको उद्धार गरेको जनाएको छ।

आकर्षक जागिरको प्रलोभनमा नेपालका विभिन्न जिल्लाहरूका युवाहरूलाई भारतको उत्तराखण्डको काशिपुरमा बोलाई बन्दी बनाएर कुटपिट र यातना दिँदै विभिन्न शीर्षकमा रकम असुल गरेको भन्ने नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा उजुरी आएको थियो।

नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस राजदूतावासको जानकारीमा आएपछि परराष्ट्र मन्त्रालयको निर्देशन बमोजिम यस राजदूतावासले उत्तराखण्ड प्रहरी र किन इन्डिया (सामाजिक संस्था) को सहयोगमा यही मिति २०८२।०३।०५ गते ३५ जना नेपालीहरूको सफलतापूर्वक उद्धार गरेको थियो।’

उक्त घटनासँग सम्बन्धित केही व्यक्तिहरूलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरी घटनाको थप अनुसन्धान गरिरहेको दूतावासले जनाएको छ।

त्यसैगरी उत्तराखण्डको अन्य स्थानमा बन्दी बनाइएका, थप नेपाली युवाहरूको खोजी र उद्धार कार्य जारी रहेको समेत दूतावासले बताएको छ।

‘उद्धार गरिएका व्यक्तिहरूलाई कानूनी प्रक्रिया सम्पन्न भएपछि नेपाल पठाइने छ,’ दूतावासले भनेको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित