ढोरपाटन जिप दुर्घटना : ज्यान गुमाउनेको संख्या चार पुग्यो

बागलुङ। बागलुङमा शुक्रबार भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ। दुईजनाको उपचारको क्रममा बुर्तिवाङ अस्पतालमा र एक जनाको मणिपाल अस्पताल मृत्यु भएको हो।एक जनाको पोखरामा उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।

बुर्तिवाङ बजारबाट ढोरपाटन सालझण्डी सडक खण्डहुँदै अर्नाकाेट जाँदै गरेको लु.प्र.०१-००१-१७७५ नम्बरको जीप साँझ पौने ६ बजेतिर ढोरपाटन नगरपालिका-५ बतासे डाँडामा दुर्घटना भएको हो। दुर्घटनामा निसीखाेला -१ का नरबहादुर कार्की, ढाेरपाटन नगरपालिका २ की भीमकुमारी बुढा, टिकाकुमारी कुँवर र मनकुमारी थापाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक बसन्त पाण्डेले जानकारी दिए।

कार्की र बुढाको बुर्तिवाङ अस्पतालमा मृत्यु भएको हो। थापाको मणिपाल अस्पताल पोखरामा ज्यान गएको हो। उपचारका लागि मणिपाल अस्पताल पोखरा लैँजादै गर्दा बाटोमा कुँवरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। उनीहरूको शव अहिले बुर्तिवाङ जिल्ला अस्पतालमा राखिएको छ।

जीप दुर्घटनामा १२ जना घाइते भएका छन्। घाइतेमध्ये सात जनाको उपचार मणिपाल अस्पताल पोखरामा भइरहेको छ। दुई जनालाई थप उपचारका लागि रिफर गरिएको र दुई जनाको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ। जीप सडकबाट ६० मिटर तल खसेको नायब उपरीक्षक पाण्डेले जानकारी दिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित