काठमाडौं । भिजिट भिसा प्रकरणलाई लिएर प्रतिपक्षी दलहरु विभाजित भएका छन् ।
माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी संसद् सञ्चालनका लागि सहमत भएपछि रास्वपा, राप्रपा भने पुरानै अडान कायम राखेर शुक्रबारको बैठकमा पनि अवरोध गरिरहेका छन् ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बोल्ने समय पाउँदासमेत रास्वपा, राप्रपालगायतका प्रतिपक्षी दलका नेताले विरोध गरिरहेका छन् । उनीहरुले टेबुल ठट्याइरहेका छन् ।

































