विपक्षी दलको बैठक सकियो

काठमाडौं । सदन अवरुद्धबारे छलफल गर्न बसेको विपक्षी दलको बैठक सकिएको छ । बैठकपछि नेकपा (माओवादी केन्द्र)का नेताहरू नेपाली कांग्रेसका नेताहरूलाई भेट्न गएका छन् ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सन्देश लिएर शक्ति बस्नेतसहित नेताहरू कांग्रेस नेतालाई भेट्न गएको माओवादीका एक सांसदले जानकारी दिए ।

स्रोतका अनुसार, विपक्षी दलको बैठकले भिजिट भिसा प्रकरणबारे छानबिन गर्न समिति गठन गर्नुपर्ने अडानबाट पछि नहट्ने निष्कर्ष निकालेको छ ।

सत्तापक्ष समिति गठन गर्न नहुने अडानमा छ । शनिबारमात्रै प्रचण्डसँगको भेटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेकाले छुट्टै समिति आवश्यक नपर्ने बताएका थिए ।

भिजिट भिसा प्रकरणमा सत्तापक्ष र विपक्षीको आआफ्नै अडानका कारण जेठ १५ गतेयता प्रतिनिधिसभाको बैठक चल्न सकेको छैन ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित