अमेरिकामा चार नेपाली गोली लागेको अवस्थामा मृत भेटिए

काठमाडौं । अमेरिकामा २ बालबालिकासहित ४ नेपाली मृत फेला परेका छन् ।

भर्जिनियास्थित म्यानेसस पार्कको एक घरमा २ बालबालिकासहित चार नेपाली मृत अवस्थामा फेला परेका हुन्। मृतकमध्ये ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, एक २ वर्षे बालक र ८ वर्षीया बालिका रहेका छन्। उनीहरु एकै परिवारको हो होइन खुलिसकेको छैन ।

म्यानेसस पार्क प्रहरी विभागका अनुसार बिहीबार राति करिब १०ः४० बजे घरधनीले आफ्ना भाडामा बस्नेहरूलाई सुरक्षाको अनुगमन गरिदिन अनुरोध गरेका थिए। घटनास्थलमा पुगेका प्रहरी अधिकारीहरूले घरको तल्लो तलामा प्रवेश गर्दा चार जना व्यक्तिलाई मृत अवस्थामा फेला परेको हो ।

उनीहरू सबैको मृत्यु गोली लागेका कारण भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनास्थलबाट एकवटा बन्दुक पनि बरामद गरिएको छ।

सवै शवहरू म्यानेससको मेडिकल एक्जामिनरको कार्यालयमा परीक्षणका लागि पठाइएको प्रहरी विभागले जनाएको छ। प्रहरीका अनुसार यो घटना हत्या होकी आत्महत्या हो भनेर अनुसन्धान भइरहेको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित