स्वास्थ्य बिमाको बाँकी रकम एक वर्षभित्र भुक्तानी गरिने

काठमाडौं । स्वास्थ्य क्षेत्रमा बजेट बढेको छ । आगामी आर्थिक वर्ष २०८२।८३ का लागि रु ९५ अर्ब ८१ करोड बजेट विनियोजन गरिएको छ । गत आवमा स्वास्थ्य मन्त्रालयलाई ८६ अर्ब २४ करोड विनियोजन गरिएको थियो ।

सङ्घीय संसद्को संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८२।८३ को राजश्व र व्ययको वार्षिक बजेट पेस गर्दै स्वास्थ्य बिमा कार्यक्रमलाई रु १० अर्ब बजेट विनियोजन गरिएको जानकारी दिए। उनले स्वास्थ्य बिमा कार्यक्रमलाई पुनःसंरचना गर्ने बताउँदै कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र स्वास्थ्य बिमाको दायरा विस्तार गरिने बताए । गत आवमा स्वास्थ्य बिमा कार्यक्रमलाई रु सात अर्ब पाँच करोड बजेट छुट्याइएको थियो ।

अर्थमन्त्री पौडेलले भन्नुभयो, “बीमितको सुविधा थैली क्रमशः वृद्धि गरिँदै लगिनेछ । सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बिमामा एकीकृत गरिनेछ । बीमितलाई फरकफरक योजनाको सुविधा उपलब्ध गराइनेछ । बिमा सुविधाको दुरुपयोग हुन नदिन दोहोरोपन हटाइनेछ ।” त्यसैगरी हालसम्म बाँकी रहेको भुक्तानी दाबी रकम तेस्रो पक्षबाट परीक्षण गराई एक वर्षभित्र भुक्तानीको व्यवस्था मिलाइने उनले जानकारी दिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित