नेपालमा फेरि देखियो कोरोना, सात जनामा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो एकहप्तामा कम्तिमा पनि सातजनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीन र भारतमा देखिएको कोरोना नै नेपालमा फैलियो हो या नयाँ भेरियन्ट हो भन्ने बारेमा अहिलेसम्म सरकारले केही बताएको छैन ।

स्वास्थ्य मन्त्रालयले आइतबार नेपालमा देखिएको नयाँ भेरियन्टका बारेमा छलफल गरेको थियो । सीमा नाका, हवाई नाकाहरुमा हेल्थ डेस्क राखेर चेकजाँच सुरु भइसकेको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

‘हामीले नाकामा किटसहितको व्यवस्था गरेर चेकजाँच थाल्न निर्देशन दिइसकेका छौँ,’ स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो ।

कोरोना देखिएकामध्ये सबैजसो काभ्रेका हुन् । धुलिखेलमा चेकजाँचको क्रममा कोरोना पुष्टि भएको हो । सातै जनालाई अहिले टेकुमा ल्याइएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रकाश बूढाथोकीका अनुसार अहिले नेपालमा देखिएको कोरोना नयाँ भेरियन्ट हो भन्ने पुष्टि भइनसकेको बताए ।

‘काभ्रेमा देखिएपछि हामीले सबैलाई अहिले टेकुमा ल्याएका छौँ,’ उनले भने, ‘अहिलेसम्मको चेकजाँचका क्रममा नयाँ भेरियन्ट होइन भन्ने लागेको छ ।’

उनका अनुसार यसअघि पनि फाटफुट कोरोना पुष्टि भए पनि अहिले एकैठाउँमा सात जनालाई देखिँदा सतर्कता बढाइएको छ ।

“हामीले सतर्कता अपनाएका छौँ,” उनले भने, “यो हप्ता ६–७ जना संक्रमित देखिए । सबैजना धुलिखेलमा देखिएको हो । अहिले उनीहरुलाई टेकुमा ल्याएका छौँ । हामीले थप परीक्षणपछिमात्रै नयाँ भेरियन्ट हो वा होइन भन्ने बताउन सक्छौँ ।”

उनका अनुसार अहिले पनि थप चेकजाँच बढाइएको छ । स्वास्थ्य मन्त्री प्रदिप पौडेलको सचिवालयले दिएको जानकारीअनुसार आइतबार पनि मन्त्रीले यसबारेमा निर्देशन दिइसकेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी सन्तोष सुवेदीले पनि पछिल्लो २४ घण्टामा एक जनामा कोरोना पुष्टि भएको बताए । तर, यो नियमित प्रक्रिया भएको उनको भनाइ छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित