काठमाडौं । आइतबार दिउँसो देशका चार वटा प्रदेशमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।
साथै, देशका उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा हल्का हिमपातको समेत सम्भावना छ।
महाशाखाका हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।
आइतबार दिउँसो कोशी, मधेश र बागमती प्रदेशसहित देशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ महाशाखाले बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ ।
महाशाखाका अनुसार बिहान कर्णाली, लुम्बिनी, बागमती र कोशी प्रदेशका एकरदुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ।
आइतबार राति कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
कोशी र मधेश प्रदेशका थोरै स्थानमा र बाँकी पहाडी भूभागका एकरदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
महाशाखाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।




































