काठमाडौं । प्रभु बैंक र इला होटल्स एण्ड रिसोर्ट्स मौलाकाली केबलकार लिमिटेडबीच विशेष समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस समझदारीले बैंकका ग्राहक तथा कर्मचारीहरूलाई इला होटल्स एण्ड रिसोर्ट्सरमौलाकाली केबलकारमा विशेष छुट तथा सेवा प्रदान गर्नेछ ।
समझदारीपत्रमा प्रभु बैंक लिमिटेडका प्रमुख प्रदेश अधिकृत सांग्रीला श्रेष्ठ र इला होटल्स एण्ड रिसोर्ट्स मौलाकाली केबलकार लिमिटेडका महाप्रबन्धक अर्बिन्द्र केसीले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौताले दुवै कम्पनीबीच औपचारिक सहकार्यको नयाँ आयाम सुरु गरेको छ, जसले ग्राहकहरूलाई गुणस्तरीय सेवा र विशेष अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।




































