गलकोट अस्पतालमा ‘ब्लड बैंक’ सेवा

ढोरपाटन । गलकोटमा ‘ब्लड बैंक’ (रक्तसञ्चार सेवा) सञ्चालनमा आएको छ । दाताले लाखौँ रुपैयाँको उपकरण सहयोग गरेपछि नगर अस्पतालमा रक्तसञ्चार सेवा सञ्चालन भएको हो । रु १४ लाख लागतमा दाताले यहाँ उपकरण तथा अन्य आवश्यक सामग्री सहयोग गरेपछि नगरपालिले रु १५ लाखमा पूर्वाधार निर्माण गरी सेवा सुरु गरेको हो ।

पश्चिम बागलुङमा अहिलेसम्म रक्तसञ्चार सेवा नहुँदा हजारौँ नागरिकले समस्या भोग्नुपरेको हुँदा दातासँग सहकार्य गरेर सेवा सुरु गरेको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले जानकारी र्र्दिए । श्रीपाली बस्नेत समाज, रेडक्रस सोसाइटी जिल्ला शाखाले रक्तसञ्चार सेवाका लागि मेसिनलगायत अत्यावश्यक उपकरण दिएको उनको भनाइ छ ।

“नगरपालिकाले स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेको छ, दूरदराजका नागरिक सामान्य उपचारका लागि पहिले पोखरा, काठमाडौँ जानुपर्ने बाध्यता थियो, अहिले नगर अस्पताल सञ्चालन गरेर विशेषज्ञ सेवा दिन थालेका छौँ”, नगरप्रमुख गैरेले भने, “अहिले नगर अस्पतालको सेवा प्रभावकारी बन्दै गएको छ, यहाँ रक्तसञ्चार सेवाको निकै खाँचो थियो, यसपालि विभिन्न दातासँग सहकार्य गरेर त्यसको पनि व्यवस्थापन गरेका छौँ ।”

गलकोट नगर अस्पतालका प्रमुख डा राजेश पौडेलले अस्पतालमा प्रसूति, शल्यक्रिया र गम्भीर दुर्घटनाका बिरामी आउने तर रक्तसञ्चार सेवा नहुँदा पोखरा, काठमाडौँ रिफर गर्नुपरेको भन्दै अब त्यो समस्याको समाधान भएको बताउनुभयो । पछिल्लो समय रक्तसञ्चार सेवा लिने बिरामीसमेत बढेको उनको भनाइ छ । शल्यक्रियामार्फत प्रसूति गराउने महिलालाई रक्तसञ्चार सेवाले महत्त्वपूर्ण सघाउ पुर्याउने डा पौडेल बताए।

उनले भने, “गलकोट क्षेत्रमा एउटा ‘ब्लड बैंक’को अतिआवश्यक थियो, पहिले यो सेवा नहुँदा यहाँबाट महिनामा करिब १२–१५ जना बिरामीलाई टाढा पठाउन बाध्य थियौँ, अब चाहिँ यहीबाट सेवा दिनसक्ने भएका छौँ, यो सेवाले पश्चिम बागलुङका छवटा पालिकाका हजारौँ नागरिक लाभान्वित हुने छन् ।”

विसं २०७९ देखि सुरु भएको नगर अस्पतालमा हाल १५ शय्याको सेवा सुरु भएको छ । अस्पतालबाट अहिले भिडियो एक्सरे, अल्ट्रसाउन्ड, ल्याब, फिजियोथेरापी, आँखा उपचार केन्द्र, ओपिडी, सुत्केरी सेवासहित शव परीक्षण सेवा सञ्चालन भइरहेको डा पौडेलले बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित