भारतले बन्द गर्‍यो यी ३२ विमानस्थल (सूचीसहित)

काठमाडौं । पाकिस्तानसँगको तनाव उत्कर्षमा पुगेपछि भारतले ३२ वटा विमानस्थल बन्द गरेको छ।

भारतीय अखबार द हिन्दुस्तान टाइम्सका अनुसार सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै शनिबारदेखि पाँच दिनसम्मका लागि ३२ वटा विमानस्थल बन्द गरेको हो।

शनिबार बिहानै श्रीनगर विमानस्थलमा पाकिस्तानले ड्रोन हमला गरेको थियो। यसअघि २४ वटा विमानस्थल शनिबारसम्मका लागि बन्द गरिएको थियो।

भारतीय नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गरेर सुरक्षा जोखिमलाई मध्यनजर गरेर थप ८ वटा विमानस्थलसहित ३२ विमानस्थल मे १५ सम्मका लागि बन्द गरिएको जनाएको छ।

अपरेसन सिन्दुर नाम दिएर भारतले बुधबार पाकिस्तानका ९ ठाउँमा हवाइ आक्रमण गरेपछि पाकस्तानले बिहीबार त्यसको जबाफ दिएको थियो। त्यसपछि दुवै देशबीच मिसाइल र ड्रोन हानाहान भएको थियो।

भारतीय र पाकिस्तानी सञ्चारमाध्यमहरुका अनसार दुई रातमा भारतले तीन सय देखि ४०० पाकिस्तानी ड्रोन निस्तेज पारेको छ भने पाकिस्तानले ७२ वटा मिसाइल र ड्रोन निष्क्रिय पारेको छ।

शनिबार बिहान जम्मू(काश्मि क्षेत्रको सीमानामा ठूला- ठूला माकाहरू सुनिएको थियो। भारतले सीमा क्षेत्रका मानिसहरूलाई त्यहाँबाट अन्यत्र सार्ने काम गरिरहेको छ।

यी हुन् भारतले बन्द गरेका ३२ विमानस्थल

अधामपुर
अम्बाला
अमृतसर
अवान्तीपुर
बठिन्डा
भुज
बिकनेर
जइसाल्मर
जमनगर
जोधपुर
कान्द्ला
कंग्रा
किशोद
कृष्णगढ
कुलु मनाली (भुन्टर)
लेह
लुधियाना
मुन्ड्रा
पठानकोट
पटियाला
पोरबन्दर
राजकोट (हिरासर)
सरसवा
सिमला
श्रीनगर
थोइस
उत्तरलाइ
नलिया
चन्डिगढ
हलवारा
हिन्डन
जम्मू

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित