विसं २०८२ का लागि चार नयाँ पञ्चाङ्गलाई स्वीकृति

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८२ का लागि चार वटा नयाँ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिएको छ । समितिले नारायण निरौलाको आर्यावर्त, केशवराज जोशीको भृगु अङ्गिरा, ज्ञानप्रसाद भण्डारीको मुक्तिनाथ र खगेन्द्रप्रसाद अधिकारीको कश्यप पञ्चाङ्गलाई यस वर्षदेखि प्रकाशन गर्नेगरी स्वीकृति दिएको हो ।

गत वर्षसम्म समितिको स्वीकृति लिएर प्रकाशित हुने पञ्चाङ्गको सङ्ख्या १४ थियो । विसं २०८१ मा स्वीकृति लिएर पनि दिव्यपुरुष ढकालको तारकेश्वर पञ्चाङ्ग प्रकाशन नभएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।

उनका अनुसार सूर्यनाथ पन्तको तोयनाथ, बाबुराम शर्मा सापकोटाको बाबुराम, मुरारीराज पाण्डेको नरनाथ, विश्वनाथ त्रिपाठीको हिमाल, डिल्लीराज जोशीको अठोला, सुबोध ढुङ्गेलको सूर्य, लोकराज पौडेलको आकाश दर्शन, शशिधर जोशीको बगलामुखी, दामोदर जोशीको शुभ, श्रीकेश कौशिकको बाबा गोरखनाथ, कीर्तिकिरण जोशीको कीर्ति, सिद्धिलक्ष्मी व्यञ्जनकारको सिद्धि, चेतराज उपाध्यायको खप्तड तारानाथ र नारायणप्रसाद नेपालको गौरीशङ्कर पञ्चाङ्ग विगतका वर्षदेखि समितिको स्वीकृति लिएर प्रकाशित हुँदै आएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको समितिलाई पञ्चाङ्ग ९पात्रो०, भित्तेपात्रो (क्यालेण्डर) प्रकाशनको स्वीकृति, चाडबाड एवं तिथिमितिको निर्णय र धर्म, संस्कृतिको क्षेत्रलाई नियमन गर्ने काम समितिको गठन आदेश, २०७७ ले दिएको छ । सरकारले विसं २०७७ पुस २० गते समितिको गठन आदेश स्वीकृत गरी उक्त जिम्मेवारी दिएको हो । धर्म, संस्कृति क्षेत्रलाई नियमन गर्नेगरी समितिको छुट्टै विधेयक मस्यौदा गर्नुपर्ने माग पनि यस क्षेत्रका अभियानकर्मीबाट हुँदै आएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित