बागलुङमा ८० वर्षीय वृद्धले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएपछि…

फाइल तस्बिर

बागलुङ। बागलुङमा ८० वर्षीय एक वृद्धले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका छन् । बागलुङको ताराखोला गाउँपालिका १ भुस्कातका हस्तबहादुर गुरुङले शनिबार आफ्नो शरीरमा पेट्रोल खनाएर आगो लगाएका हुन् ।

घरदेखि झन्डै ५० मिटर टाढा रहेको चउरमा पेट्रोल खनाएर आगो लगाइसकेको अवस्थामा उनकी श्रीमती र छोराले उद्धार गरेका थिए । हस्तका श्रीमती र छोरा थमनले उनको शरीरमा लागेको आगो निभाएर उपचारका लागि धौलागिरि प्रादेशिक अस्पताल बागलुङ पुर्‍याएका थिए । कम्मरभन्दा माथिको भाग जलेर गम्भीर घाइते अवस्थामा उनलाई अस्पताल पुर्‍याइए पनि चिकित्सकले हस्तलाई मृत घोषणा गरेका थिए ।

बागलुङका प्रहरी नायव उपरीक्षक (डीएसपी) विजय यादवका अनुसार पोष्टमार्टमपछि निजको शव छोरा थमनले बुझेका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित