त्रिशूलीमा हराइरहेका भारतीय सैनिकको शव १० दिनपछि फेला

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ३ नम्बर पुलबाट मोटरसाइकल दुर्घटना भई त्रिशुली नदीमा हराइरहेका रोहित रानाको शव १० दिनपछि फेला परेको छ।

सशस्त्र प्रहरीको गोताखोरले आइतबार शव फेला पारेको हो । उनी भारतीय सेनामा कार्यरत थिए । नारायणघाटबाट मुग्लिनतर्फ आउँदै गरेको बा ०६–०२ प ९२०४ नम्बरको मोटरसाईकल गत फागुन २ गते बिहान दुर्घटना भएको थियो ।

दुर्घटनामा परी नदीमा हराइरहेका रानाको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर निरन्तर परिचालन गरिएको थियो । जसअनुसार आइतबार विहान सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक भुल बहादुर थापाको कमाण्डमा परिचालित गोताखोरसहितको सुरक्षा फौजले फेला पारेको सशस्त्रका सहप्रवक्ता सैलेन्द्र थापाले जानकारी दिए । उनी चितवनस्थित घरबाट काठमाडौँ हिँडेको अवस्थामा दुर्घटनामा परेका थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित