काठमाडौं । बाजुरामा बिहे भोज खान गएका एक युवकको हत्या भएको छ।
बिहीबार बाजुराको बूढीगंगा नगरपालिका-८ मा भोज खान गएका २९ वर्षीय रणवीर थापाको हत्या भएको हो।
हत्या गरिएका रणवीर वडा नम्बर ८ का हुन्। बिहीबार राति ११ बजे भोज खाने क्रममा विवाद भएपछि झगडा हुँदा उनको हत्या भएको बाजुराका दिलिपकुमार गिरीले जानकारी दिए।
उनीमाथि मुसल प्रहार भएको डिएसपी गिरीले जानकारी दिए। हत्यामा संलग्न भएको आरोपमा बूढीगंगा(७ का २५ वर्षीय खेमराज विष्ट, २७ वर्षीय लोकेन्द्र खड्का र २२ वर्षीय दीर्घ विष्ट पक्राउ परेका छन्।



































