लेबनानलाई हराउँदै नेपाल एक खेलअघि नै फाइनलमा

काठमाडौं । चार देश सम्मिलित अन्तर्राष्ट्रिय फुटबल च्याम्पियनसिपमा नेपाल लगातार दोस्रो जित निकाल्दै फाइनल प्रवेश गरेको छ।

अन्तिम खेलमा नेपाल र म्यानमार भिड्नुअघि नै नेपाल र म्यानमार दुवै टिमले फाइनलमा स्थान बनाए। म्यानमारले पनि दुवै खेल जितेर फाइनलमा पुग्दा नेपालले लेबनानविरुद्धको दोस्रो खेलमा १-० को जित निकाल्दै लगातार दोस्रो जित हात पार्‍यो।

नेपाललाई अन्तिम खेलअगावै फाइनल पुग्न पहिलो हाफमा भएको एक मात्र गोल निर्णायक बन्यो। नेपालका लागि स्ट्राइकर साबित्रा भण्डारी ‘साम्बा’ ले ४३ औँ मिनेटमा गरेको प्रहार लेबनानकी खेलाडी फराह इल ट्यारमा ‘डिफ्लेक्ट’ हुँदै गोलमा परिणत भएको थियो।

दोस्रो हाफमा दुवै टिमले गतिलो अवसर सिर्जना गर्न नसके पनि अन्तिम समयमा लेबनानको सुन्दर अवसरमा क्रसबार तगारो बन्यो। इन्जुरी समयमा लेबनानी खेलाडीले गरेको उत्कृष्ट प्रहार क्रसबारमा लागेर फर्किँदा लेबनान दुर्भाग्यशाली बनेको थियो।

दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले लेबनानलाई तुलनात्मक रुपमा दबाबमा राखे पनि गोल गर्न भने निकै संघर्ष गर्नु परेको थियो। त्यसो त पहिलो हाफमा लेबनानले पनि केही राम्रा अवसरमा गोल गर्न चुक्यो। नेपालकी गोलरक्षक तथा कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले केही उतृकृष्ट बचाउहरु गरेकी थिइन्।

अब नेपालले समूह चरणको अन्तिम खेलमा म्यानमारसँग खेल्दा फाइनल पनि म्यानमारसँगै खेल्ने छ। यसअघि पहिलो खेलमा नेपालले कीर्गिस्तानलाई १-० ले र म्यानमारले लेबनानलाई ३-१ ले हराएको थियो। आजै भएको दोस्रो खेलमा म्यानमारले कीर्गिस्तानलाई ५-० ले पराजित गर्दै लगातार दोस्रो जित दर्ज गरेको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित