इंग्ल्यान्ड नकआउट चरणमा प्रवेश

काठमाडौं । मार्कुस रसफोर्ड चम्किएको खेलमा वेल्सलाई ३–० अन्तरले पराजित गर्दै इंग्ल्यान्डले कतार फिफा विश्वकप २०२२ को अन्तिम १६ मा स्थान बनाएको छ ।

मंगलबार राति प्राप्त जितसँगै इंग्ल्यान्ड समूह ‘बी’को विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो । इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोडेर शीर्ष स्थान रह्यो । वेल्स भने १ अंक जोडेर पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । यसै समूहबाट अमेरिका उपविजेता बन्यो ।

इंग्ल्यान्डलाई जित दिलाउन मार्कुस रसफोर्डले दुई गोल गरेका थिए । यसैगरी फिल फोडेनको नाममा एक गोल रह्यो । खेलको ५०औं मिनेटमा रसफोर्डले फ्रिकिकमा गोल गर्दै इंग्ल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए ।

५२औं मिनेटमा कप्तान ह्यारी केनको पासमा उपलब्ध सदुपयोग गर्दै फोडेनले गोल गरे । ६८औं मिनेटमा रसफोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डको जित सुनिश्चित गरेका थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित