इजरायल र हिजबुल्लाहबीच युद्धविराम सहमति

काठमाडौं । इजरायल र लेबनानको सशस्त्र समूह हिजबुल्लाहबीच युद्धविरामको सहमति भएको छ । इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा आक्रमण सुरु गरेपछि दुई देशबीच युद्ध जारी थियो ।

तर मंगलबार राति इजरायली सुरक्षा क्याबिनेटले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको छ । यससँगै १४ महिना लामो लडाइँपछि युद्धविराम सम्झौतामा सहमति भएको हो ।

युद्धविराम स्थानीय समयअनुसार बुधबार बिहान ४ बजे लागू हुनेछ । यससँगै युद्धविराम तत्कालै कार्यान्वयनमा आउने विश्वास लिइएको छ ।

इजरायलले सन् २०२३ अक्टोबर ७ मा हमासले आक्रमण गरेपछि गाजासँगै लेबनानमा पनि तनाब उत्पन्न भएको थियो ।

तथापि, यो सम्झौताले गाजा युद्धको समस्यालाई समाधान भने गरेको छैन । जहाँ हामासले अझै पनि दर्जनौंलाई बन्धक बनाएर राखेको छ । यसले गर्दा युद्ध जटिल बनेको छ ।

यसैबीच सम्झौता लागू हुनुभन्दा केही घण्टाअघि इजरायलले बेरुत र यसको दक्षिणी उपनगरमा आक्रमण गरेको थियो । जसमा ४२ जनाभन्दा बढीको मृत्यु भएको छ ।

युद्धविराम सम्झौताको हिज्बुल्लाहले सम्झौता उल्लङ्घन गरेमा इजरायललाई आक्रमण गर्ने अधिकार रहेको प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले चेतावनी दिएका छन् ।

यो युद्धविराम सम्झौता अमेरिकी र फ्रेन्च मध्यस्थतामा सम्पन्न भएको हो। अमेरिकी राष्ट्रपति जो बाइडनले यसलाई सकारात्मक समाचार भन्दै गाजा युद्धमा युद्धविरामका लागि फेरि एकपटक पहल गर्ने आश्वासन दिएका छन् ।

यस सम्झौताले इजरायल र इरानबीचको युद्धको सम्भावनालाई कम गर्न मद्दत पुर्‍याउने विश्वास लिइएको छ । किनकि इरान हिज्बुल्लाह र हामस दुवैलाई समर्थन गर्दछ । इरानले यस वर्ष दुईपटक इजरायलसँग प्रत्यक्ष युद्ध गरेको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित