बागलुङका छ वटै सिटमा गठबन्धनको अग्रता

बागलुङ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा यहाँका छ वटै सिटमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका छन् ।

पछिल्लो मत परिणामअनुसार बागलुङ–१ मा गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार चित्रबहादुर केसीले पाँच हजार सात सय ६८ मत प्राप्त गरेका छन् । नेकपा (एमाले) का सूर्यप्रसाद पाठकले पाँच हजार चार सय ४२ मतसहित केसीलाई पछ्याइ रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका खीमानन्द कँडेलले तीन हजार ३६ मत प्राप्त गरि तेस्रो स्थानमा छन् ।

बागलुङ–२ मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार देवेन्द्र पौडेलले आठ हजार आठ सय ५७ मतसहित अग्रता कायम गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका मञ्जु शर्मा चालिसेले छ हजार सात सय ६३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रदेशसभा सदस्यतर्फ बागलुङ–१ (१) मा नेपाली कांग्रेसका उम्मेदवार दीपेन्द्रबहादुर थापाले सात हजार आठ सय ८१ मतसहित अघि छन् । उनलाई सात हजार एक सय १६ मतले एमालेका हिराबहादुर केसीले पछ्याइरहेका छन् ।

बागलुङ–१ को (२) मा नेपाली कांग्रेसका उम्मेदवार डिल्लीराम सुवेदीले फराकिलो मतान्तरसहित अग्रता कायम गरेका छन् । एमालेका नवराज पौडेलले पाँच हजार एक सय २४ मत प्राप्त गरेका छन् ।

बागलुङ–२ (१) मा पनि गठबन्धनको अग्रता छ । कांग्रेसका जीतबहादुर शेरचनले नौ हजार चार सय ६२ मतसहित स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीलाई पछि पारेका छन् । घर्तीले सात हजार छ सय ३० मत ल्याएका छन् ।

२ को (२) मा कांग्रेसका दोर्ण कुँवर नौ हजार दुई सय ५५ मतसहित अघि छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका लक्ष्मण पुनले छ हजार नौ सय सात मत प्राप्त गरेका छन् । कूल एक लाख ९२ हजार दुई सय २७ मतदाता रहेको यस जिल्लामा एक लाख दुई हजार नौ सय ६३ मत खसेको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित