धनुषा-३ मा एमालेकी जुली महतोको अग्रता

धनुषा । मधेस प्रदेशका जिल्लामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना प्रक्रिया सुरु भएको छ ।

अहिलेसम्म प्रदेशका आठ जिल्लामध्ये धनुषाको प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा मात्रै मतगणना सुरु भएको छ । धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले सो क्षेत्रमा बिहानैदेखि मतगणना जारी रहेको र हालसम्म जनकपुरधाम उपमहानगरपालिका–१५ मा मतगणना सम्पन्न भएको छ ।

उनका अनुसार यहाँ नेकपा (एमाले) की उम्मेदवार जुली महतो छ सय आठ मतसहित अग्रस्थानमा छिन् भने गठबन्धनका उम्मेदवार अनिल झा तीन सय १० मतसहित तेस्रो र जनमत पार्टीका उम्मेदवार शम्भुनाथ साह तीन सय २० मतसहित दोस्रो स्थानमा छन् ।

धनुषाका निर्वाचन क्षेत्र १, २ र ४ मा मतगणनाका लागि सर्वदलीय बैठक बस्ने तयारी भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए। उनले सर्वदलीय बैठकको निर्णयअनुसार अहिले १० बजेपछि मतगणनाको तयारी भइरहेको पनि बताए ।

त्यसैगरी सर्लाही, सप्तरी, बारा, पर्सा, रौतहट र महोत्तरीमा पनि सर्वदलीय बैठक बसेर मतगणनाको तयारी भइरहेको जनाइएको छ  ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित