बागलुङमा डेङ्गु र स्क्रबटाइफसका ५८ बिरामी

बागलुङ । बागलुङमा साउनयता २६ जनामा डेङ्गु पुष्टि भएको छ । डेङ्गु पुष्टि भएकामध्ये गलकोट नगरपालिकामा मात्रै २४ जना छन् ।

बागलुङको मध्यभागमा रहेको गलकोट अहिले डेङ्गु र स्क्रबटाइफसको उच्च जोखिममा रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए ।

साउनमा जिल्लाभर २६ जनामा डेङ्गु पुष्टि भएकामध्ये गलकोटमा मात्रै २४ जना बिरामी छन् । दुई जनाको धौलागिरि अस्पतालमा सङ्क्रमण पुष्टि भएको थियो ।

‘गलकोट डेङ्गु मात्रै हैन स्क्रबटाइफसको समेत उच्च जोखिममा रहेको पाइएको छ,’ जनस्वास्थ्य निरीक्षक घिमिरेले भने, ‘अहिले गलकोट नगर अस्पतालमा एक दर्जन डेङ्गु र स्क्रबटाइफसका बिरामी उपचाररत छन् भने दैनिक चारदेखि पाँच जनामा डेङ्गु र स्क्रबटाइफस पुष्टि भइरहेको छ ।’

गलकोटमा गत असारदेखि हालसम्म ४१ जनामा डेङ्गु पुष्टि भइसकेको नगर स्वास्थ्य शाखा प्रमुख सुशील पौडेलले जानकारी दिए । उनका अनुसार साउनमा मात्रै गलकोटभित्र १७ जना स्क्रबटाइफसका बिरामी फेला परेका छन् ।

अहिले अधिकांशले घरमा उपचार गराइराखेको भन्दै जटिल समस्या देखिएकाको नगर अस्पतालमा उपचार भइरहेको पौडेलले जानकारी दिए ।

‘असारमा खोज र नष्ट गर अभियान सञ्चालन गरेका थियौं । नगरभित्र असारदेखि अहिलेसम्म ४१ जनामा डेङ्गु र १७ जनामा स्क्रबटाइफस फेला परेको छ । सङ्क्रमण भएका बिरामीमध्ये केही घरमा स्वास्थ्य लाभ गर्दै हुनुहुन्छ भने केहीलाई अस्पतालमा राखेर उपचार गरिरहेका छौं,’ पौडेलले भने, ‘दुई वर्ष अघिसम्म डेङ्गु र स्क्रबटाइफसका बिरामी परीक्षण गर्ने व्यवस्था थिएन, अहिले ताराखोला र बडिगाडबाट पनि बिरामी नगर अस्पताल आउने गरेका छन् ।’

डेङ्गु र स्क्रबटाइफसको उच्च जोखिममा गलकोट नगरपालिका देखिएपछि सतर्कता अपनाउन थालिएको छ । ‘खोज र नष्ट गरौं’अभियान गलकोटमा तीव्ररूपमा सञ्चालन थालिएको बताउँदै सचेतनामूलक कार्यक्रमलाई थप तीव्रता दिइने उनले उल्लेख गरे ।

गलकोट नगर अस्पतालमा दैनिक २५ जनासम्म उच्च ज्वरोका बिरामी आउने गरेका नगर अस्पतालका प्रमुख डा। राजेश पौडेलले जानकारी दिए । अस्पताल आएकामध्ये करिब ३० प्रतिशतमा डेङ्गु र स्क्रबटाइफस पुष्टि हुने गरेको छ ।

‘दैनिक २० देखि २५ जना अस्पताल आउनुहुन्छ, परीक्षण गर्दा पाँचदेखि सात जनासम्ममा डेङ्गु र स्क्रबटाइफस पुष्टि हुने गरेको छ,’ डा. पौडेलले भने, ‘गलकोटमा उच्च सतर्कता अपनाउन आवश्यक छ ।’

अहिले अस्पतालमा ज्वरो, वाकवाकी आउने, रिङ्गाटा लाग्ने बिरामीको सङ्ख्या वृद्धि भएको जनाउँदै सबैमा डेङ्गु सङ्क्रमण भने नदेखिएको उनले जानकारी दिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

भर्खरै प्रकाशित

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित