नेपाल युएईसँग पराजित

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल युएईसँग ८४ रनले पराजित भएको हो ।

युएईले दिएको दुई सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको नेपाल ५० ओभरमा ९ विकेट गुमाएर एक सय ७९ रनमा समेटियो । खेलमा अर्जुन साउद र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ खेले । ऐरीले सर्वाधिक ५४ रनको योगदान दिए । एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका साउदले ५१ रन जोडे ।

नेपालका कप्तान रोहित पौडेल १ रनमा आउट हुँदा आसिफ शेखले १२ तथा अर्का डेब्यु खेलाडी हरिशङ्कर साहले ८ रन बनाए । कुशल भुर्तेल ६, सोमपाल कामी ३, करण केसी ३ तथा ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट भए । गुलशन झा १९ रनमा अविजित रहे भने ललित राजवंशीले अविजित ६ रन बनाए ।

युएईका आयन अफ्जल खानले ४ विकेट लिए भने बसिल हामिदले २ तथा जाहोर खान, रोहन मुस्तफा र अहमेद राजाले समान १/१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६३ रन बनाएको थियो । युएइका लागि रोहन मुस्तफाले सर्वाधिक ५३ रन जोडेका थिए भने मुहमद वासिमले ४४ रन जोेडे । यसैगरी वृत्य अरभिन्दले ४० रन बनाए भने एलिशन शाराफुले २९ तथा अहमेद राजाले अविजित २७ रन बनाए । आयन हफ्जल खानले २६ रन जोड्दा बसिल हामिदले १४ रन तथा कप्तान सिपी रिजवान २ रनमा आउट भए ।

नेपालका गुलशन झाले २ विकेट लिए भने सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान १र१ विकेट लिए । यस जितसँगै युएईले तीन खेलको एक दिवसीय सिरिजमा १–० को अग्रता बनाएको छ । अब युएई र नेपालबीचको दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय खेल यही कात्तिक ३० गते हुनेछ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित