काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालालाई अरूले बिर्सिए पनि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्झिरहने बताएकी छन्।
शुक्रबार वसन्तपुरमा आयोजित राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले भनिन्, ‘अरू सबैले बिपी बालाई बिर्सेका होला, तर उहाँ (लिङ्देन) ले बिर्सेको रै’नछ।’
बिपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति, राजसंस्था र बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको बाटो देखाएको भन्दै उनले अहिले उक्त मुद्दा लिङ्देनले उठाएको बताएकी हुन् ।
लिङ्देनको भाषण अत्यन्त मिठो र घतलाग्दो भएर आफूले साथ दिएको उनले बताइन्।





































