काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
आज बुधबार अमेरिकी डलर एकको खरिदमा १३० रुपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३८ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १३० रुपैयाँ ७८ पैसा र बिक्री दर १३१ रुपैयाँ ३८ पैसा छ ।
युके पाउण्ड स्टर्लिङ एकको खरिद दर १५० रुपैयाँ ६ पैसा र बिक्री दर १५० रुपैयाँ ७५ पैसा छ भने स्वीस फ्र्याङ्क एकको खरिद दर १३२ रुपैयाँ २३ पैसा र बिक्री दर १३२ रुपैयाँ ८४ पैसा छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ७२ पैसा र बिक्री दर ८५ रुपैयाँ ११ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ २६ पैसा र बिक्रीदर ९३ रुपैयाँ ६९ पैसा, सिङ्गापुरे डलर एकको खरिदमा ९३ रुपैयाँ २६ पैसा र बिक्रीमा ९३ रुपैयाँ ६९ पैसा रहेको छ भने जापानी येन १० को खरिदमा ८ रुपैयाँ ९४ पैसा र बिक्रीमा ८ रुपैयाँ ९८ पैसा तोकिएको छ ।







































