सहकारी ठगी प्रकरण : दीपेश पुन जेल चलान

काठमाडौं । सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका अखिल क्रान्तिकारीका महासचिव दीपेश पुन जेल चलान भएका छन् ।

जिल्ला अदालत रुपन्देहीमा भएको थुनछेक बहसपछि पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर पुनले आज शुक्रवार ४ लाख धरौटी रकम जम्मा गर्न नसकेपछि भैरहवास्थित जिल्ला कारागार चलान भएका हुन् ।

नम्बर इजलाशमा मुख्य न्यायाधीश डा श्रीप्रकाश उप्रेतीको इजलासले ओमप्रकाश गुरुङलाई थुनामा पठाउने, पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनलाई ४ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । उक्त मुद्दामा प्रतिवादी बनाएका २८ जनामध्ये फरार २० जनालाई प्रतिवादी म्याद जारी गरिएको छ ।

आदेशअनुसार रोशनी गुरुङ र निता थापालाई जनही २ लाख धरौटी, दुर्गा चापागाईँ पाण्डेलाई १८ लाख धरौटी, दीपक न्यौपानेलाई ४ लाख ४५ हजार धरौटी, दीपेश पुनलाई ४ लाख धरौटी, नवीन अछामीलाई १० लाख धरौटी तोकिएको हो ।

प्रतिवादीमध्ये कास्की कारागारमा रहेका कुमार रम्तेल र भविश्वर अर्याललाई झिकाएर बयान लिने सूचना अधिकारी मरासिनीले जानकारी दिए ।

दीपेशकुमार पुनको तर्फबाट शिवप्रसाद गौडेल, रोशनी गुरुङको तर्फबाट अभिवक्ता कृष्णप्रसाद पोखरेल, निता थापाको तर्फबाट खेमबहादुर पुन, लालबहादुर बस्नेत, हेमराज शर्माले बहस गरेका थिए भने दुर्गा चापागाईँ पाण्डेको तर्फबाट शिव गौडेल, बाबुराम पाण्डे, जोखबहादुर खत्री तथा नवीन अछामीको तर्फबाट होमराज पन्त, दीपक न्यौपाने, जोखबहादुर खत्रीले बहस गरेका थिए ।

सहकारीका पीडितहरूले करिब १ अर्ब बचत अपचलन गरेको भन्दै आन्दोलन गर्दै आएका थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित