यो सरकार घरको बाघ, वनको स्याल हो : ओली

बैतडी । एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार विदेशी सामु घुडा टेकेर बसेको आरोप लगाएका छन् । दार्चुलामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले तुइन काटेर नेपालीलाई महाकालीमा फाल्दा सरकार एक शब्द बोल्न नसकेको आरोप लगाए ।

‘विदेशीसँग गलत सम्झौता गर्छ । तर, प्रधानन्यायाधीशलाई नजरबन्दमा राख्ने । उहाँको छोरीलाई दिनभर थुनेर साझँ छोडिदिने जस्ता क्रियाकलाप निन्दनीय छन्,’ उनले भने । आफूहरू सरकारमा हुँदा सडक बालबालिकाको व्यवस्थापन गरेको उनको भनाई छ ।

‘हामी सरकारबाट बाहिरिए लगत्तै फेरी समस्या बल्झियो । जब कंगाल बुद्धिका मान्छे सरकारमा आउछन् तब देश बिग्रन्छ । हामीले एक सयबाट सुरु गरेको जेष्ठ नागरिक भत्ता अहिले चार हजार बनाएका छौं । त्यसलाई कहिले ६८ वर्ष, कहिले ६५ वर्ष, भन्दाभन्दै २५ मै पाउनुपर्छ भन्न बेर छैन,’ कांग्रेस नेतृत्वको सरकारलाई व्यंग गर्दै ओलीले भने ।

विकास गर्न टालाटुली बटुली कति राम्री कठपुतली भएको सरकारले नहुने भन्दै उनले स्थायी सरकार चाहिने बताए । ‘त्यसैले अब मंसिर ४ पछि एमालेको स्थायी सरकार बनाउन, एमालेलाई सरकारमा पुग्नका लागि नभइ देश बनाउनका लागि भोट दिनु होला,’ उनले भने ।

एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले विगतमा टाउकोको मूल्य तोक्नेहरूको गठबन्धन नटिक्ने दाबी गरे ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित