एप्पले शुरु गर्यो भारतमा आईफोन १४ को उत्पादन

एप्पलले भारतमा आईफोन १४ सिरिजका स्मार्टफोनको उत्पादन सुरु गरेको छ । आईफोन १४ केही साताअघि मात्रै विश्व बजारमा सार्वजनिक भएको हो । कुनै पनि नयाँ प्रोडक्ट सार्वजनिक भएकै वर्ष भारतबाट उत्पादन सुरु गरिएको यो नै पहिलो पटक भएको जनाइएको छ ।

विश्वको दोस्रो ठुलो स्मार्टफोन बजारको रुपमा रहेको भारतका प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले आईफोन १४ को उत्पादन स्थानीय तहमै सुरु गरेको जनाएको छ । कम्पनीको ग्लोबल पार्टनर फक्सकनले चेन्नाई नजिकै रहेको आफ्नो फ्याक्ट्रीमार्फत उत्पादन सुरु गरेको हो । कम्पनीका अनुसार यो वर्षको अन्त्यबाट भारतमै उत्पादन भएको आईफोन १४ बजारमा उपलब्ध हुनेछ ।

‘कुनै पनि स्थानीय बजारलाई लक्षित गर्दै स्थानीय तहमै स्मार्टफोन सुरु गर्न पाउनु हाम्रो लागि खुसीको कुरा हो,’ एप्पलका प्रवक्ताले भनेका छन्, ‘भारतमा आईफोन १४ सिरिजको उत्पादन सुरु हुँदा हाम्रो बजारको दायरा थप फराकिलो हुने देखिएको छ ।’

एप्पलले सन् २०१७ बाट भारतमा फोन उत्पादन सुरु गरेको थियो । यसअघिसम्म उक्त फ्याक्ट्रीबाट पुराना मोडलका फोनमात्रै उत्पादन हुने गरेकोमा यस पटक भने कम्पनीले नयाँ प्रोडक्टलाई नै प्राथामिकता दिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित