चोलेन्द्र शमशेरविरुद्धकाे महाभियोग समितिबाट बहुमतले पारित

प्रतिनिधि सभाको कार्यकाल सकिन ३ घण्टा बाँकी रहँदा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग समितिबाट बहुमतले पारित भएको छ । समितिले महाभियोग लगाउन सिफारिश गरेपनि प्रतिनिधि सभाको कार्यकाल आजै सकिन लागेका कारण समितिको प्रतिवेदन संसद सचिवालयमै थन्किने भएको छ ।

शनिवार राति साढे ८ बजे सम्पन्न समितिको बैठकले महाभियोग लगाउनु पर्ने सिफारिश बहुमतले पारित गरेको हो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत र जनता समाजवादी पार्टी महाभियोगको पक्षमा हस्ताक्षर गरेका छन् । नेकपा एमालेले चोलेन्द्रलाई महाभियोग लगाउने प्रस्तावमा फरक मत राखेको छ । एमालेलाई लोसपाका सांसदले समर्थन गरेका छन् ।

समितिका ११ सदस्य मध्ये ६ जना पक्ष र ५ जना विपक्षमा उभिएपछि प्रतिवेदन बहुमतले पारित भएको हो । त्यसअघि शनिवार दिउसो जबरासँग समितिले पुरक बयान गरेको थियो । अदालतमा भ्रष्टाचारलाई संरक्षण गरेको, मन्त्रिपरिषद्मा भागवण्डा गरेको, न्यायिक विचलन आएको जस्ता आरोप लगाउँदै चोलेन्द्र विरुद्ध सत्ता गठबन्धनले गत फागुन १ गमे महाभियोग दर्ता गरेको थियो । फागुन १ देखि चोलेन्द्र निलम्बित अवस्थामा थिए ।

प्रतिनिधि सभाको कार्यकाल शनिवार मध्यरातमा सकिने भएपनि महाभियोग निष्क्रिय रहने( नरहने भन्नेमा अन्यौल कायम छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित