दुई हवल्दारसहित २६ प्रहरी सम्पर्कविहीन

काठमाडौं । एक महिनाभन्दा लामो समयदेखि नेपाल प्रहरीका २६ जना सम्पर्कविहीन भएका छन्।

२ हवल्दारसहित २६ प्रहरी विगत एक महिनादेखि गैरहाजिर रहेको भन्दै प्रहरी प्रधान कार्यालयले उनीहरुलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।

नक्सालस्थित प्रहरी महनिरीक्षकको सचिवालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै सम्पर्कमा नरहेका २ हवलदार, ४ प्रहरी सहायक हवलदार र २० प्रहरी जवानलाई एक साताभित्र सम्पर्कमा आउन भनेको हो । उनीहरु एक महिनाभन्दा बढी समयदेखि आफूखुशि गैरहाजिर रहेको सूचनामा उल्लेख छ।

उनीहरुको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले प्रहरी प्रधान कार्यालयले जनाएको छ। सात दिनभित्र पनि सम्पर्कमा नआए उनीहरुलाई प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाउने चेतावनीसमेत प्रहरी प्रधान कार्यालयले दिएको छ।

police notice 1700962134 ZazJsX1C9W https://newskhari.com/storage/2023/02/police2020-12-01-07-11-42.jpeg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित