काठमाडौँ : जलयात्रा पर्यटन व्यवसायीको छाता सङ्गठन नेपाल एशोसियशन अफ ¥याफ्टिङ एजेन्सिज (नारा)को अध्यक्षमा शिव अधिकारी निर्वाचित भएका छन् । । नाराको सम्पन्न ३३औँ वार्षिक साधारणसभा एवं निर्वाचन कार्यक्रममा अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । नवनिर्वाचित अध्यक्ष अधिकारी एडरिफ्ट एडभेञ्चरका सञ्चालकसमेत हुन् ।
उपाध्यक्षमा रेन्बो एडभेञ्चरका सञ्चालक शिशिर खनाल, महासचिवमा रक रिभरसाइड रिसोर्टका सञ्चालक नारायण श्रेष्ठ, सचिवमा नेपाल रिभर रनरका सञ्चालक राजु खड्का, कोषाध्यक्षमा नेक्सस हिमालयन रिभरका सञ्चालक राजेन्द्र थपलिया र सहकोषाध्यक्षमा स्वीसा ¥याफ्टिङका सञ्चालक इन्दुदेवी वाग्ले निर्वाचित भएका निर्वाचन अधिकृत सूर्यप्रसाद जोशीले जानकारी दिए ।













































