टेक्नेका टेक्नोलोजिज प्रालिले ‘एसइइ’ दिएर बसेका विद्यार्थीहरुलाई कक्षा ११ मा भर्ना हुने प्रवेश परीक्षाको तयारीका लागि “टुल नेपाल” नामक एप ९मोवाइल एप्लीकेशन० सञ्चालनमा ल्याएको छ ।
निशुल्क ‘डाउनलोड’ गर्न सकिने यो ‘एप’ मा विद्यार्थीहरुले ‘लगइन’ गरी विभिन्न संकाय ९साइन्स, म्यानेजमेन्ट, ल, स्टाफ नर्स, एचए आदि अन्तर्गतका विभिन्न विषयहरूमा १० हजार भन्दाबढी वस्तुगत बहुबैकल्पिक प्रश्नहरु (एमसिक्यु) को अभ्यास (प्राक्टिस) गरी तयारी गर्न सक्नेछन् ।
प्रश्नहरुको समाधानका लागि ‘हिन्टस्’, ‘सोलुसन’ र ‘नोट’ हरू पनि राखिएको हुनाले विद्यार्थीहरुलाई प्रवेश परीक्षाको तयारी गर्न निकै सहज हुने कम्पनीले विश्वास लिएको छ ।
पुराना वर्षहरूका प्रश्नहरुको संगालो, दैनिक एवं साप्ताहिकरुपमा विभिन्न अनलाइन परीक्षाको सञ्चालन, शैक्षिक सूचना तथा जानकारीहरूका साथै विभिन्न कलेजहरूको विस्तृत विवरणहरूले यो ‘एप’ लाई अझ प्रभावकारी बनाएको छ । कलेजहरुले चाहेको खण्डमा यसै ‘एप’ मार्फत प्रवेश परिक्षा सञ्चालन र विभिन्न सुचनाहरु प्रकाशित गर्न समेत सक्ने सुविधा यसैमा मिलाइएकाले यो बहुउपयोगी भएको छ ।











































