कांग्रेस इतर पक्षले निकाल्यो नयाँ पार्टी गठन गर्ने निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसको इतर पक्ष नयाँ पार्टी गठन गर्ने निष्कर्षमा पुगेको छ । चुनदेवीस्थित सम्पर्क कार्यालयमा शुक्रबार बसेको पूर्वपदाधिकारी बैठकले एकताको सम्भावना क्षीण भएको भन्दै नयाँ पार्टी गठनका लागि तयारी गर्ने निष्कर्ष निकालेको हो ।

नेता मीन विश्वकर्माका अनुसार एकताको सम्भावना सभापति र उपसभापतिको तर्फबाट देखिएन । साउन महिनाभित्रै राष्ट्रिय भेला गर्ने भन्ने कुरा भयो । एकताको सम्भावना नरहेपछि राष्ट्रिय भेलाको एजेन्डा नै नयाँ पार्टी निर्माण गर्ने रहने उनको भनाइ छ ।

बैठकमा पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले कहिले, कोसँग र कहाँ भेट भएको भन्नेबारेमा ब्रिफिङ गरेको नेता विश्वकर्माले बताए ।

पछिल्ला केही दिनयता कांग्रेस सभापति गगनकुमार थापाले कार्यवाहक सभापति खड्का र नेता सशांक कोइरालालाई भेटेका थिए । बैठकमा साउन ६ गते मनाउने बीपी स्मृति दिवसको तयारीका बारेमा पनि छलफल भएको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित